
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइसोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।