
काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् ।
चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।