
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो ।
आज तोलामा २०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूलय तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।