
काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ ।