
काठमाडौँ— नवनियुक्त तीन मन्त्रीहरुको शपथ आज हुँदैछ ।
नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजेतिर शपथ गराउने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन तथा न्याय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीका रुपमा नियुक्त गरेका थिए।