
काठमाडौ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधनसहित हालै जारी अध्यादेशमा तोकिएभन्दा बढी व्याज लिएको पाइए ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘क’ मा सजायको व्यवस्था गरिएको छ । अध्यादेश राजपत्रमार्फत सार्वजनिक भएको छ । अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा चल सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्नेछ ।
मिटरव्याजीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले हालै अध्यादेश जारी गरेको हो ।