
काठमाडौँ । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।
पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।
त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । बलिउडमा कयौँ हिट फिल्म दिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।