
मकवानपुर । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।