
काठमाडौँ । सिटी होटेलले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।
कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाएको हो ।
यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई ८३ हजार ७०० कित्ता र कर्मचारीलाई ६६ हार ९६० कित्ता सेयर बिक्री गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो । यो सेयरमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।