
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संयोजक एवं प्रतिनिधि सभाका सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता उहीँ पुरानो कर्मकाण्डी दस्ताबेज भएको तर्क गरेका छन् ।
विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै लामिछानेले बजेटको सिद्धान्त र प्राथमिकता नयाँ सिराहाबाट नयाँ ढङ्गबाट आउन नसकेको बताए । आर्थिक स्थिति निकै कमजोर स्थितिमा पुगिसकेको अवस्थामा यसलाई माथि उठाउने गरी भन्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको निरन्तरताको पुलिन्दा भएको समेत आरोप लगाए ।