
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुदैछ । च्यासल मैदानमा एक र दशरथ रंगशालामा दुई खेल राखिएको छ । मंगलबारको खेलमा जावलाखेल र थ्री स्टारलाई शीर्ष स्थानको क्लबसँग अंक बराबरीको अवसर छ ।
चर्च ब्वाईज २७ अंक सहित शीर्ष स्थानमा छ । समान २४ अंक रहेका जावलाखेल र थ्री स्टारले जित निकालेको खण्डमा शीर्ष स्थानको चर्च ब्वाईजसँग अंक बराबरी गर्न सक्नेछन् ।
थ्री स्टारले दशरथ रंगशालामा एनआरटीसँग दिउँसो ३ बजे खेल्नेछ । भने सोही मैदानमा साँझ ६ बजे जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे संकटा र सातदोबाटो युथ क्लब बीचको खेल हुनेछ । तालिकाको पुछारतिर ढल्किएको संकटालाई खेलमा फर्कन र पछिल्लो समयको खराब लयलाई अवसरमा बदल्न सातदोबाटो दुवै अवसरको खोजीमा रहेका छन् ।