
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।एउटा खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वर स्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् ।