जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश

प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश

प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् । सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए।

आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनी विसं २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact