जोडिनुहोस
  • होमपेज
  • नेताहरूले देशको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् अध्यक्ष तिमिल्सिना

नेताहरूले देशको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन्  अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले देशको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उहाँको भनाइ थियो ।

आज मङ्गलवार काठमाण्डौमा आयोजित बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई देशको सुशासन र समृद्धिका लागि सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनमा राजनीतिक दलका नेताहरूको महत्त्वपूर्ण योगदान रह्यो तर समृद्धिका लागि राम्रो काम गर्न सकिएन । अब समृद्धिको खाका हामीसँग छ भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो । अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अस्ट्रेलिया, जापान, चीनमा गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर स्वदेशमा प्रयोग गर्ने हो । विदेशमा सिकेर देश निर्माण गर्न लाग्नुपर्‍यो । ’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options