
काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
बिहीबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उहाँमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।