
काठमाडौं । इजरायल–प्यालेस्टाइन बीचको तनाव फेरि बढेको छ । अलजजिराका अनुसार बुधवारदेखि पुनः सुरु भएको तनावमा अहिलेसम्म २० जना मारिएका छन् । यसरी मारिनेमा रकेट कमाण्डरसमेत रहेका छन् ।
बुधबार प्यालेस्टाइन लडाकुहरूले गाजा क्षेत्रबाट इजरायलतर्फ ६० भन्दा बढी रकेट प्रहार गरेका छन् भने इजरायली सेनाले पनि इस्लामिक जिहादको रकेट लन्च गरिने क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ ।
प्यालेस्टाइनका अधिकारीका अनुसार बिहिवार मात्रै गाजा क्षेत्रमा आक्रमणमा परी तीन प्यालेस्टाइन नागरिकको मृत्यु भएको छ भने दुई दिनयता इजरायलको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
इजरायलले गाँजामा आफ्नो हवाई आक्रमण जारी राखेको छ । सो अनुसार कम्तिमा २० प्यालेस्टाइनीहरू मारिएका छन्, जसमा कम्तीमा पाँच महिला र पाँच बालबालिका, साथै प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका नेताहरू छन्।
इजरायली सेनाले बिहीबार बिहान गाजाको दक्षिणी खान युनिसको एउटा भवनमा भएको हवाई आक्रमणमा रकेट युनिटका कमाण्डरलाई निशाना बनाएको थियो । जुन निसानामा परी युनिट कमाण्डरको को मृत्यु भएको हो ।