
चितवन— चितवन राष्ट्रिय निकुञ्जमा दुइवटा गैडा मृत अवस्थामा फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक तमोर ताल र सौरहाको राप्ती नदी किनारको पटना क्षेत्रमा २६ र २७ गते उक्त गैडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ।
तमोर तालमा दुइ महिनाको पोथी गैडा र पटना क्षेत्रमा साढे २ बर्षको भाले गैडा मरेको अबस्थामा फेला परेको हो। उक्त गैडाहरु प्राकृतिक कारण मरेको निकुञ्जले जनाएको छ।
चार महिनाको बच्चा गैडाको खाग खुर नपलाएको अबस्थामा रहेको र अर्को साढे दुइ बर्षको भाले गैडाको खाग खुर सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा २०७९र८० मा यो समेत १८ गैडाको मृत्यु भएको छ।