
जाजरकोट । जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् ।
उनी अध्यक्ष त रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । निभाउन भन्दै जङ्गलमा गएका उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
यसअघि आगोमा परी दैलेखमा पनि एक जनाको मृत्यु भएको थियो ।