
लण्डनः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले नटिङहम फरेस्टसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
नटिङहमका लागि ताइओ एओनीइले १३ औं र ६२ औं मिनेटमा गरी दुई गोल गरे भने चेल्सीका लागि ५१ औं र ५८ औं मिनेटमा गरी दुबै गोल रहिम स्टर्लिङले गरे ।
यो नतिजासँगै ३५ खेलबाट ४३ अंकका साथ चेल्सी तालिकाको ११ औं स्थानमा रहँदा नटिङहम ३६ खेलबाट ३४ अंकका साथ १६ औं स्थानमा छ ।