जोडिनुहोस
  • होमपेज
  • मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए

मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।

तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् । कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ ।

आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ ।बंगलादेश मौसम विज्ञान विभागका अनुसार तुफान बंगलादेशबाट गइसके पनि वर्षा अझै केही दिन जारी रहने छ ।

चक्रवातका कारण ठूलो आँधी र पानी पर्ने पूर्वानुमान सार्वजनिक भएलगत्तै बंगलादेशले ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।

विभागका अधिकारीहरुले प्रभावित भएकाहरु अब आ–आफ्नो घर जान सक्ने जनाएका छन् । तर आगामी २४ घण्टासम्म समुद्री किनारतर्फ भने नजान अधिकारीहरुले सल्लाह दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका