
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो ।
संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने ? लगायतका विषयमा दुवै बिचमा छलफल भएको हो ।