जोडिनुहोस
  • होमपेज
  • मुम्बईमाथि लखनउको रोमान्चक जित

अन्तर्राष्ट्रिय

मुम्बईमाथि लखनउको रोमान्चक जित

मुम्बईमाथि लखनउको रोमान्चक जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्समाथि रोमान्चक जित दर्ता गरेको छ ।

घरेलु मैदान ऐकना स्टेडियममा लखनउले आइपीएल २०२३ को ६३ औं खेलमा पाँच रनको रोमान्चक जित दर्ता गरेको हो ।

लखनउले जितका लागि दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो ।

मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । कप्तान शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए ।

मुम्बईलाई अन्तिम ओभरमा जितको लागि ११ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि लखनउले रोमान्चक जित हात पारेको हो ।

डेविड १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे । नेहाल वधेराले २० बलमा २ चौकाको सहयोगमा १६ रन बनाए ।

लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २/२ तथा मोहसिन खानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

लखनउका लागि मार्कस स्टोईनिसले ४७ बलमा ४ चौका र ८ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेले ।

३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनउका लागि चौथो विकेटका लागि स्टोईनिस तथा कप्तान कुर्नाल पान्ड्याले ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

कप्तान पान्ड्याले ४२ बलमा १ चौका र १ छक्काको सहयोगमा ४९ रनमा रिटायर्ट हर्ट आउट भए । ओपनर क्विटन डि ककले १५ बलमा १६ रन बनाए ।

मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए ।जितसँगै तेह्र खेलमा सात जित र पाँच हारका १५ अंक सहित १० टोली सहभागी लिगमा लखनउ तेस्रो स्थानमा उक्लिएको छ ।

यस खेलमा जित हात पारेको लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो भएको छ ।

मुम्बई तेह्र खेलमा सात जित र छ हारका साथ मुम्बई अंक तालिकाको चौथो स्थानमा झरेको छ । हारका बाबजुत पनि मुम्बईको प्लेअफ सम्भावना बलियो नै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका