
काठमाडौँ । आज बुधवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा २३.३९ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै वृद्धि सुरु भएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.२८ प्रतिशतले बढेर १८ सय ४५ अंकमा पुगेर बन्द भएको हो ।
यसक्रममा आज नेप्सेमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार दोहोरो अङ्कले बढ्दा आज १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसबाहेक २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेप्सेमा ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सुधारिएको छ । आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था, इन्स्टन जलविद्युत र ग्रीनलाईफ हाइड्रोपावरको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज माइ खोला हाइड्रोपावरको सेयर मूल्य भने ७.९२ प्रतिशतले घटेको छ ।
परिसूचक दोहोरो अङ्कले बढ्दा सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य १७१ अङ्कले बढेको छ भने जीवन बीमा समूह ९३ अङ्कले बढेको छ ।
हिजो नेप्सेमा ३.३१ अंकको वृद्धि आउँदा ६४ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यो आजकोभन्दा न्यून कारोबार रकम हो ।