
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले सांसदहरूले सोध्ने प्रश्न संसदमा सोधिनुअघि नै कसले आउँछ गर्यो ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा यसरी प्रश्न बाहिर आउनु राम्रो नहुने भन्दै आइन्दा त्यसरी प्रश्न बाहिरियाउन नहुनेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
‘सांसदहरूको प्रश्न कसले आउट गर्यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’, पन्तको भनाइ छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि यसरी प्रश्न बाहिरिनु राम्रो नभएको भन्दै कतै आफूले दिने जवाफ पनि बाहिरिएको त छैन भनेर आफूले सोधखोज गरेको बताए ।