जोडिनुहोस
  • होमपेज
  • ३२ अंकले बढ्यो नेप्से सूचक, १ अर्ब ४७ करोडको कारोबार

३२ अंकले बढ्यो नेप्से सूचक, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो ।

आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको हो ।

यता नबिल ग्रोथ फन्डका लगानीकर्ताहरूले भने आज ३.१४ प्रतिशतले गुमाउन पुगेका छन् ।

आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका