
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । दुई परिवारको सहभागितामा जेठ १ गते काठमाडौँमा एक समारोहबीच जयवीरसिंह र शिवानीबीच इन्गेजमेन्ट भएको हो ।
जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवानी केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीरसिंह र शिवानीको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत दिएकी हुन्।
देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानीबीच माघमा बिहे गर्ने तयारी छ ।