
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो ।
सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुनेछ । यस संस्करणको विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ ।
अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ स्थानमा विश्वकपका खेलहरु सञ्चालन हुनेछ । यस संस्करणको फाइनल खेल २०२६ को जुलाई १९ मा हुनेछ ।