
काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।
एफ.आई.पी.भी खोप अब तालिका परिवर्तित गरी १४ हप्ता र ९ महिनामा गरी २ मात्रा लगाइने भएको छ । यसअघि यो खोप ६ र १४ हप्तामा गरी २ दुई मात्रा दिने गरिएको थियो ।
यस्तै, परिवर्तित तालिका अनुसार एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र पनि सम्पूर्ण बालबालिकाले लगाउन सक्छन् ।