
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ हिमालहरू पनि आरोहणका लागि खुल्ला गर्ने जनाएको छ । विदेशी पर्यटक र मुद्रा भित्र्याउन नयाँ नयाँ हिमाल आरोहणका लागि पनि अनुमति दिनेगरी सरकार अघि बढेको जनाएको छ ।
सन् २०२३–२०३३ लाई भ्रमण दशकको रूपमा अघि बढाएको सरकारले सन् २०२५ लाई विशेष वर्षको रूपमा समेत मनाइने बताएको छ ।
प्रत्येक प्रदेशबाट एक पर्यटन गन्तव्यलाई पर्यटन ग्रामको रूपमा विकास गरिने कार्यक्रम समेत सरकारले अघि बढाएको छ ।
यसअघि सूचिमा परेका १०० नयाँ पर्यटन गन्तव्यलाई विश्व बजारमा प्रचारप्रसार गरिने समेत सरकारले बताएको छ ।