
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले उसेलाई २-१ गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।
खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
आठौं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा उसेका लासिन सिनायोकोले गोल गरेपनि पीएसजी २-१ ले विजयी भयो ।
यस जितसँगै पीएसजी उपाधि नजिक पुगेको छ । पीएसजीले ३६ खेलमा ८४ अंक जोडेको छ । ३४ अंक जोडेर उसे १६ औं स्थानमा रहेको छ ।