
काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख महिनामा ५०३ वटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १०० किलोवाट क्षमताका ५०३ वटा विद्युतीय सवारी भित्रिएका हुन् ।
यस अवधिमा विदेशबाट १०० किलोवाटका २८ सय ८२ वटा विद्युतीय सवारी भित्रिएका छन् । चैत महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका २३ सय ७९ वटा विद्युतीय सवारी भित्रिएका थिए ।
वैशाख महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ ।
चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, वैशाखसम्ममा २०० किलोवाटसम्मको ६६ वटा विद्युतीय सवारी भित्रिँदा २७ करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ भने ३०० किलोवाट क्षमताका ७ वटा विद्युतीय सवारी भित्रिएका छन् ।
यी सवारीको आयातमा ४ करोड रुपैयाँ बाहिरिएको छ । चैत महिनासम्ममा ३०० किलोवाट क्षमताका ६ वटा विद्युतीय सवारी भित्रिएका थिए भने २०० किलोवाट क्षमताका ६५ वटा विद्युतीय सवारी भित्रिएका छन् ।