
काठमाडौं । आंशिक बदली भइ आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित पानी पर्नेछ ।
यस्तै, कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
भोलि (मंगलबार) कोशी, बागमती, गण्डकी प्रदेशका केही, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत चल्ने महाशाखाको पूर्वानुमान छ ।
बुधबार पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्क देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना छ।