
दाङ । लुम्बिनीको प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १०० बजेका लागि बैठक आह्वान गरिएको हो ।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।