काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन्।
प्रिमियर लिगको २०२२/२३ को सिजन सर्वाधिक गोलकर्ता बन्दै हालाण्डले गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा हालाण्डले ३६ गोल गरे ।
हालाण्डले प्रिमियर लिग आएको पहिलो सिजन नै गोल्डेन बुट जितेका हुन् । सिटीलाई उपाधि दिलाउन हालाण्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै गोल्डेन गोल्भ्स अवार्ड म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डी गियाले जितेका छन् ।