
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले दुई तथा गाभीले एक गोल गरे । खेलको पहिलो मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा अमाथ एनडीएले रातो कार्ड पाएपछि मालोर्का १० खेलाडीमा समेटियो । खेलको २४ औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३७ खेलमा ८८ अंक जोड्यो । मालोर्का ४७ अंक जोडेर १२ औं स्थानमा रह्यो ।