
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले शपथ लिएकी छिन् । सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ खुवाएका हुन् ।
२ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकार समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।