
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि असार महिनामा रकमान्तर नगर्ने भएको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले असोज महिनासम्म र असार महिनामा रकमान्तर नगर्ने घोषणा गरेका हुन् ।
उनले दुर्गम र पिछडिएका क्षेत्रका आयोजनामा विनियोजन भएको रकम अन्यत्र सार्ने प्रवृत्ति समेत रोक्ने बताए । विकासे काममा लिएको लक्ष्य हासिल गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाउने र आयोजना प्रमुख आयोजना अवधिभर नफेर्ने व्यवस्था समेत गर्ने अर्थमन्त्रीले उद्घोष गरे ।