
काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।
गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।