
काठमाडौँ । सरकारले लगानीकर्तालाई आवश्यक पर्ने सम्पूर्ण सूचना उपलब्ध गराउन राष्ट्रिय पोर्टल सुचारु गर्ने भएको छ । र, उक्त पोर्टलमा लगानीकर्तालाई चाहिने सम्पूर्ण सूचना प्रदान गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
यस्तै, प्रत्यक्ष विदेशी लगानी स्वीकृती प्रणालीलाई सहज र स्वचालित बनउने, वैदेशिक लगानीमा सिमा तोक्ने, सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीमा सिमा हटाउने समेत अर्थमन्त्रीले घोषणा गरे । सूचना प्रविधि निर्यात गर्ने उद्योगलाई प्रोत्साहन गर्न सहजीकरण गर्ने समेत अर्थमन्त्रीको घोषणा छ ।