
काठमाडौं । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङको मृत्यु भएको हो ।
उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिरमा घाँस काट्न जाँदा कोखको २ वर्षीय लडेपछि उनी उद्धार गर्न गएकी थिइन् । सोही क्रममा उनी भिरबाट करिब ५० मिटर तल लडेकी थिइन् ।
करिब ४ घण्टापछि उनको उद्धार गरी मलेखु टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै आमा र पेटमा भएको बच्चालाई मृत घोषित गरे ।