देश
फेरि सर्यो सन्दीपको मुद्दाको सुनुवाइ- अन्तरिम क्षतिपूर्ति पहिले टुंग्याउनुपर्ने न्यायाधीशको अडान
0 टिप्पणी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन् ।
सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद्दाको फैसला सुनुवाइ विभिन्न बहानामा सर्दै आएको छ ।