जोडिनुहोस

देश

यू-२० महिला टिमको बिदाइ

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन २१, २०७९
यू-२० महिला टिमको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

एन्फाले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।

छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली –

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics