जोडिनुहोस
  • होमपेज
  • सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउमा सडक बन्द

सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउमा सडक बन्द

काठमाडौँ— सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड ठप्प भएको छ ।

बिहान साढे ५ बजेतिर खसेको पहिरोका कारण गाडीको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सडक बन्द हुँदा पाल्पा–बुटवल आवतजावत गर्ने गाडी र यात्रु रोकिएका छन् ।

यस्तै, काठमाण्डौसँग मुख्य नाका जोडिएको धादिङ धार्केमा एकतर्फी नै गाडी चलिरहेको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । गएको सोमवार दिउँसो धुनिबेसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि गाडीको आवागमन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14