जोडिनुहोस

देश

‘ए’ डिभिजन लिग : आज तीन खेल

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ १८, २०८०
‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार तीन खेलहरु हुँदैछन् । दोस्रो लेगको दशौँ चरण अन्तर्गत बिहीबार तीन खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज आठौं जितको योजनामा हुनेछ । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ । पुलिस दशौँ जितको खोजीमा हुनेछ । पुलिस २२ खेलमा ३१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । मनाङ सातौं जित निकाल्ने योजनामा रहेको छ । मनाङ २२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

खुमलटार आठौं जितको खोजीमा हुनेछ । खुमलटार २२ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ । यस्तै च्यासलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

फ्रेन्ड्स सातौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २२ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयन आठौं जित निकाल्न चाहन्छ । हिमालयन २२ खेलमा २९ अंक जोडेर नवौं औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका