
काठमाडौँ । बजेटपछि लगातार घटेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्का अनुसार बिहीबार नेप्से सूचक १६.५४ अंकले बढ्दै १८ सय ६६.३४ अंकमा उक्लिएको हो ।
अघिल्ला दुई दिनमा नेप्से सूचक ८० अंकमाथिले घटेको थियो । यद्यपि, अघिल्ला दिनका तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेका अनुसार १६ अंकले सूचक बढेको यस दिन १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ६.९४ प्रतिशतले बढेको छ भने सनराइज फोकसड ईक्यूटी फन्डको मूल्य ६ प्रतिशतले घटेको छ ।