
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरु सम्बोधन हुन नसकेको बताएका छन् ।
प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन र क्रस बार्डर ट्रान्समिसनमा सहमति भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको दावी गरेका छन् ।
‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।