
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको छ । सो पार्टीले संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो ।
अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।
राष्ट्रपतिले नीति नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्नुपर्ने शाहीको माग छ ।