
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् । संसदमा बोल्दै प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैँसी आएको बताए ।
‘यो भैंसीको कुरा अहिले सहमति भएको होइन । आजभन्दा सात वर्ष अघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले स्पष्ट पार्दै भने, ‘भैंसी आएको अहिले मात्रै हो । मान्छेहरु मलाई भैंसी चढाएर हिँडेका छन् ।’ यो पटकको भारत भ्रमण विगतको भन्दा फरक र उपलब्धिमुलक भएको प्रचण्डले बताए ।