
भारतको नयाँ संसदमा राखिएको नयाँ नक्सा अशोका शासनकालको भएकाले यसलाई राजनीतिक विषय नबनाउन भारतीय विदेशमन्त्री एस.जयशंकरले आग्रह गर्नुभएको छ ।
पत्रकारको प्रश्नमाथि उत्तर दिँदै विदेशमन्त्री जयशंकरले नक्शाको विषयमा राजनीतिक विषय बनाउनु उपयुक्त नहुने बताउनु भएको हो ।
नयाँ संसदमा राखिएको अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको भारतले बताउँदै आएको छ । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् ।