
काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय पठाइएको छ ।
यस्तै बेवारिसे अवस्थामा फेला परेको मे१च ७९४६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएर कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।